आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना

काठमाडाैं | चैत १७, २०८१

आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना

काठमाडौं:   शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । 


यस्ता उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन पनि चेम्बरले आग्रह गरेको छ ।

    
प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ । उक्त घटनाका पीडितलाई क्षतिपूर्तिको माग पनि निजी क्षेत्रले गरेको छ ।

    
“सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमासमेत क्षति पुगेको छ । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भर्त्सना गर्दै चेम्बर अफ कमर्स शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दछ”, विज्ञप्तिमा भनिएको छ ।

    
यसअघि निजी क्षेत्रका छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिसकेका छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्